सांग्रिला डेभलपमेन्ट बैंकको सञ्चालकमा नितिश गुप्ता नियुक्त

३१ आश्विन २०७८, आईतवार ११:३०

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको यही असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण तर्फको सञ्चालक पदमा नितिश गुप्तालाई नियुक्त गरेको छ ।

बैंकले गुप्तालाई बाँकी अवधीको लागि रिक्त सर्वसाधारण समुहको सञ्चालक पदमा नियुक्त गरेको हो । गुप्ता बैंकका सर्वसाधारण समुहका शेयरधनी हुन् । उनको नियुक्ती आगामी साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि स्वतः अन्त्य हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*