यस्तो छ दशैंपछिको पहिलो दिनको कारोबार, नबिल बैंकमा सबैको आकर्षण

३१ आश्विन २०७८, आईतवार ११:४५

काठमाडौं । दशैं पछि आजबाट खुलेको शेयर कारोबारमा लगानीकर्ताहरुको खासै उत्साह देखिदैन । सुरुमा ह्वात्त बढेको शेयर बजार विस्तारै तल भर्ने क्रममा छ । कारोबार सुरु भएको ४० मिनेटसम्मको तथ्याङ्क अनुसार नबिल बैंकको शेयरमा सबैको ध्यान कन्द्रीत छ । सो बैंकको पाँच लाख ७३ हजार २४४ कित्ता शेयर कारोबार भइसकेको छ ।

आज लगानीकर्ताहरुको ध्यान ग्रिनलाइफ हाइड्रोपावरमा पनि खिचिएको पाइन्छ । सो कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै बृद्धि भएको छ । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको पनि शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*