यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी, नविल बैंक पहिलो नम्वरमा

३१ आश्विन २०७८, आईतवार १५:१७

काठमाडौं । दशैंको पाँच दिन लामो विदा सकिएपछि खुलेको शेयर कारोबारमा लगानीकर्ताको खासै उत्साह देखिएन । कैयौं लगानीकर्ताहरु दशैं मनाउनमा नै व्यस्त रहेकोले आज कारोबार डेढ अर्बमा सीमित भएको छ ।

आजका सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नविल बैंक पहिलो नम्वरमा रहेको छ । सो बैंकको आठ करोड ३२ लाख ६७ हजार २१४ रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै दोस्रो नम्वरमा हिमालयन डिस्टिलरी रहेको छ । सो कम्पनीको सात करोड ५३ लाख ५० हजार ७४३ रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै तेस्रो नम्वरमा आईसिएफसी वित्तीय संस्थाको छ करोड ३९ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी, सानिमा बैंकको पाँच करोड ३९ लाख, कामना सेवा विकास बैंकको चार करोड १८ लाख, सिद्धार्थ बैंक तीन करोड ८३ लाख र सगरमाथा इन्स्योरेन्सको संस्थापक शेयर तीन करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा ग्लोबल आईएमई समुन्नत स्कीम १ को तीन करोड २९ लाख, जीवन विकास लघुवित्त तीन करोड १२ लाख र एनआईसी एसिया बैंकको दुई करोड ८७ लाखको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*