नेप्से १७ अंकले बढ्यो, म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा छायो हरीयाली

३१ आश्विन २०७८, आईतवार १५:१७

काठमाडौं । साताको पहिलो दिन नेप्स १७ दशमलव ५९ अंकले बढ्दा २६५६। ९६ को विन्दुमा कायम भएको छ। आज २ सय १८ सूचीकृत कम्पनीको ४७ लाख ६० हजार २ सय ९५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ८ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको ७ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। आज चन्द«ागिरी हिल्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६ दशमलव ९७ अंकले वृद्धि भएको छ। त्यस्तै, हिमालयन उर्जा, घलेम्दी हाईड्रोपावर, कामना सेवा विकास बैंक र प्रुडिन्यन्सल इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*