बैंकर्स संघको बैठक सम्पन्न, सिंगल डिजिटमा ब्याजदर कायम गर्ने भद्र सहमती

३१ आश्विन २०७८, आईतवार १८:०८

काठमाडौं । वाणिज्य बैंकहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्ने सहमति भएको खुलेको छ । वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्सले यस्तो जानकारी दिएका हो । वाणिज्य बैंकका सीइओहरुबीच निक्षेपको ब्याजदर सिंगल डिजीटमै सीमित राख्नुपर्छ भन्ने विषयमा भद्र सहमति भएको र सोही सहमतिको कार्यान्वयन गर्ने क्रममा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका उनीहरुले बताएका छन् ।

नेपाल बैकर्स संघ, एनबिएले आफ्ना सदस्य बैंकहरुलाई ब्याजदर बढाएर अस्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक नभएकाले प्यानिक भएर ब्याजदर नबढाउँन सबै कमर्सियल बैंकहहरुलाई निर्देशन दिईसकेको छ ।बैंक वित्तीय संस्थाहरुले कात्तिक १ गते देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन । दशैं पछिको सार्वजनिक बिदाको पहिलो दिन आईतबार आज नै केहि बैंक, विकास बैक र फाइनान्स कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

असोज महिनाको तुलनामा आज सार्वजनिक गरेका बैंकहरुले केहिले असोजको तुलनामा ब्याजको दर घटाएका छन् भने कहिले बढाएका छन् । त्यस्तै, कुनै बैंक तथा फाइनान्सले भने यथावत् नै राखेका छन् ।

असोजको तुलनामा ब्याजदर बढ्ने अपेक्षा विपरित सानिमा बैंकले भने ब्याजदर घटाएको छ भने प्रभु बैंकले यथावत राखेको छ। त्यस्तै, कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंकले भने ब्याजदर झिनो अंकले बढाएका छन् ।

कमर्शियल बैंकहरुले बचत, मुद्दती र कर्जाको ब्याज घटाउदै गर्दा केहि फाइनान्स कम्पनीहरुले भने ब्याजदर बढाएका छन्। मन्जुश्री फाइनान्स, पोखरा फाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, सिन्धु विकास बैंकले झिनो अंकले ब्याजदर बढाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*