ब्याजदरबारे भटाभट निर्णय गर्दै बैंकहरु, सानिमा बैंकको घट्दा धेरैको बढ्यो, कुनले कति बढायो, घटायो ?

३१ आश्विन २०७८, आईतवार २०:१६

काठमाडौं । दशैं बिदा लगत्तै बैंक वित्तीय संस्थाहरुले कात्तिक १ गते देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन । दशैं अघि सिर्जना भएको चर्को तरलता अभावको प्रभाव बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बृद्धि गरेका छन् । थुपै बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बृद्धि गर्दा सानिमा बैंकले भने न्यून अंकले घटाएको छ । दशैं पछिको सार्वजनिक बिदाको पहिलो दिन आईतबार आज नै केहि बैंक, विकास बैक र फाइनान्स कम्पनीले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता ) अभाव हुँदा ब्याजदरमा चाप परेको थियो । निक्षेपको ब्याजदर नै वाणिज्य बैंककै १० प्रतिशत भन्दा माथि नाघेको थियो । दशैंमा तरलताको अभाव अझ बढ्न सक्ने र ब्याजदर बढ्ने अनुमान गरिएको थियो ।

राष्ट्र बैंकले दशैंअघि एकिकृत निर्देशिका जारी गर्दै बैंकहरुलाई मनपरी ब्याजदर लागु नगर्न निर्देशन दिएको थियो । पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता ) अभाव हुँदा ब्याजदरमा चाप परेको थियो । निक्षेपको ब्याजदर नै वाणिज्य बैंककै १० प्रतिशत भन्दा माथि नाघेको थियो । दशैंमा तरलताको अभाव अझ बढ्न सक्ने र ब्याजदर बढ्ने अनुमान गरिएको थियो ।

भोलि सोमबार अधिकांश जसो बैंकहरुले ब्याजदर सार्वजनिक गर्ने तयारी गरेका छन् ।सानिमा बैंकको ब्याजदर सार्वजनिक पछि बैंकहरुको ब्याजदर घट्ने संकेत देखिएको छ । यद्यपि दशैं बिदा भर्खरै सकिएकाले अन्य बैंकहरुले ब्याजदर सार्वजनिक गर्न पाएका छैनन् । भोलि सोमबार अधिकांश जसो बैंकहरुले ब्याजदर सार्वजनिक गर्ने तयारी गरेका छन् ।

नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा निक्षेप तान्नका लागि ब्याजदर वृद्धि गर्ने सवालमा यो पटक अघिल्लो महिनाको भन्दा ठीक उल्टो अवस्था देखिएको छ । अर्थात, असोज महिनामा साना बित्तीय संस्थाभन्दा ठूला बैंक ब्याजदर बढाउने कुरामा आक्रामक थिए ।एक महिनामै त्यस्ता आक्रामक बैंकले समेत ब्याजदर घटाएका देखिएको छ भने अघिल्लो महिना ब्याजदर वृद्धिमा केही सम्हालिएका बित्त कम्पनी र साना विकास बैंक भने केही आक्रामक देखिएका छन् । केही बित्त कम्पनी तथा साना विकास बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याएका छन् ।

असोजको तुलनामा ब्याजदर बढ्ने अपेक्षा विपरित सानिमा बैंकले भने ब्याजदर घटाएको छ भने प्रभु बैंकले यथावत राखेको छ। यता ब्याजदर सार्वजनिक गरेका कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंकले भने बचत, मुद्दती र निक्षेपमा ब्याज झिनोले बढाएका छन्।आज ब्याजदर सार्वजनिक गरेका पांच बैंक मध्ये सानिमा बैंकले बचत, मुद्दती निक्षेप र कर्जाको ब्याज घटाएको छ भने प्रभु बैंकले यथावत राखेको छ। सानिमा बैंकले बचतको ब्याजदर न्युनतम ४।५१ र अधिकतम ५ बाट घटाएर ३।५१ र ४ प्रतिशतमा झारेको छ।

पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता ) अभाव हुँदा ब्याजदरमा चाप परेको थियो । निक्षेपको ब्याजदर नै वाणिज्य बैंककै १० प्रतिशत भन्दा माथि नाघेको थियो । दशैंमा तरलताको अभाव अझ बढ्न सक्ने र ब्याजदर बढ्ने अनुमान गरिएको थियो ।नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा निक्षेप तान्नका लागि ब्याजदर वृद्धि गर्ने सवालमा यो पटक अघिल्लो महिनाको भन्दा ठीक उल्टो अवस्था देखिएको छ ।अर्थात, असोज महिनामा साना बित्तीय संस्थाभन्दा ठूला बैंक ब्याजदर बढाउने कुरामा आक्रमक देखिएका थिए ।

एक महिनामै त्यस्ता आक्रामक बैंकले समेत ब्याजदर घटाएका देखिएको छ भने अघिल्लो महिना ब्याजदर वृद्धिमा केही सम्हालिएका बित्त कम्पनी र साना विकास बैंक भने केही आक्रामक देखिएका छन् । केही बित्त कम्पनी तथा साना विकास बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्याएका छन् ।

तर, अघिल्लो महिना ब्याजदर वृद्धिमा आक्रामक देखिएको सानिमा बैंकले मुद्दति निक्षेपकै ब्याजदर घटाएर ८ प्रतिशतसम्म झारेको छ । असोज महिनामा यो बैंकको व्यक्तिगत मुद्दतितर्फ करिब १० प्रतिशत ब्याज अफर गरेको थियो ।

वाणिज्य बैंक, बित्त कम्पनी र विकास बैंकहरुले सार्वजनिक गरेको आजको ब्याजदर यस्तो ,

राष्ट्रिय वाणिज्य बैंक

कात्तिक एक गतेदेखि लागु हुने गरि बैंकले नयाँ ब्याजको दर सार्वजनिक गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले बचत खातामा अधिकतम ५ दशमलव ०५ प्रतिशत, रेमिटान्स बचतमा ६ दशमलव ०५ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । पूर्ण सरकारी स्वामित्वको यो बैंकले मुद्दति निक्षेपतर्फ ३ महिनादेखि ५ वर्षसम्मका लागि ८ दशमलव ५५ प्रतिशत ब्याज दिनेछ ।

प्रभू बैंक

आज सूचना जारी गर्दै भोलिदेखि लागु हुने गरि प्रभू बैंकले बचतमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।बैंकले व्यक्तिगत मुद्दतितर्फ ३ देखि ६ महिनासम्मका लागि ७ दशमलव ७५ प्रतिशत, ६ महिनादेखि १ वर्षसम्मका लागि ८ प्रतिशत, १ वर्षदेखि माथिको लागि ८.२५ प्रतिशत ब्याज दिनेछ ।

नेपाल बैंक

सरकारको समेत लगानी रहेको नेपाल बैंक लिमीटेडले बचत खातामा अधिकतम ४ दशमलव ५५ प्रतिशत र मुद्दतिमा ८ दशमलव ०५ प्रतिशत ब्याज दिनेछ ।

कृषि विकास बैंक

सरकारको समेत लगानी रहेको अर्को बैंक कृषि विकास बैंकले बचतमा अधिकतम ५ प्रतिशतसम्म ब्याज दिनेछ ।
त्यस्तै, मुद्दति संस्थागततर्फ ३ महिनेका लागि ७ प्रतिशत, ३ महिने नवीकरणमा ७.१० प्रतिशत, ६ महिनेमा ७.२५ प्रतिशत, नवीकरणमा ७.३५ प्रतिशत, एक वर्षेका लागि ९ प्रतिशत, १ देखि २ वर्षेका लागि ८ दशमलव ५० प्रतिशत, नवीकरणकाव लागि ८ दशमलव ६० प्रतिशत, २ देखि ५ वर्षे ८.५० प्रतिशत, नवीकरणका ८ दशमलव ६० प्रतिशत ब्याज दिनेछ ।

त्यस्तै, व्यक्तिगत मुद्दति निक्षेपतर्फ १ देखि २ वर्षेका लागि ८ दशमलव ७५ प्रतिशत, २ देखि ५ वर्षेका लागि ८ दशमलव ५० प्रतिशत ब्याज दिनेछ ।

सानिमा बैंक

सानिमा बैंकले कात्तिकबाट लागू हुने गरी बचतमा अधिकतम ४ प्रतिशत मात्र ब्याज दिने नयाँ दर सार्वजनिक गरेको छ ।
यस्तै, मुद्दतितर्फ व्यक्तिगतमा ३ देखि ६ महिनासम्म ६ प्रतिशत, ६ महिनादेखि माथिकोमा ८ दशमलव ०१ प्रतिशत ब्याजदर दिनेछ । यस्तै, संस्थागत मुद्दतिको ब्याजदर ८ दशमलव ५१ प्रतिशत बित्त कम्पनी र साना विकास बैंकको नयाँ ब्याजदर घोषणा गरेको छ ।

समृद्धि फाइनान्स

बचतमा अधिकतम ७ दशमलव ५० प्रतिशत, मुद्दतिमा ३ महिने अवधिको व्यक्तिगत र संस्थागतकै ब्याजदर १० दशमलव ५० प्रतिशत, ६ महिनादेखि २ वर्षे अवधिको ब्याजदर ११ प्रतिशत ब्याजको दर निधारण गरेको छ।

सिन्धु विकास बैंक

बचत खाताको अधिकतम ६ दशमलव ११ प्रतिशत । मुद्दतितर्फ ६ महिना अवधिको व्यक्तिगततर्फ ९ दशमलव ११ र संस्थागततर्फ ९ दशमलव ०१ प्रतिशत ब्याजदर घोषणा गरेको छ।

त्यस्तै, एक वर्षदेखि २ वर्षसम्मको १० दशमलव ११ व्यक्तिगतका लागि र संस्थागतका लागि ९ दशमलव ११ प्रतिशत २ वर्षभन्दा माथिको ब्याजदर आपसी समझदारीमा निधारण हुने बैंकले जनाएको छ।

एक्सेल डेभलपमेन्ट बैंक

मुद्दति व्यक्तिगततर्फ तीन महिनेदेखि २ वर्ष अवधिकोसम्म १० प्रतिशत मासिक ब्याज भुक्तानी, १० दशमलव ५० प्रतिशत त्रैमासिक ब्याज भुक्तानी । संस्थागत खाताका लागि ३ महिनेदेखि १ वर्षे अवधिको मुद्दतिका लागि ११ प्रतिशत ब्याजदर घोषणा गरेको छ।

मञ्जु श्री फाइनान्स

सामान्य बचत खाताको ब्याजदर ६ दशमलव ५० प्रतिशतसम्म मुद्दतिमा व्यक्तिगततर्फ ३ महिनादेखि माथिका १० दशमलव ५० प्रतिशत र संस्थागत पनि १० दशमलव ५० प्रतिशत ब्याजदर घोषणा गरेको छ।

पोखरा फाइनान्स

व्यक्तिगत मुद्दतितर्फ ९० दिनको १० दशमलव २५ प्रतिशत, १८० देखि २७० दिनसम्मको १० दशमलव ७५, एक वर्षेको पनि १० दशमलव ७५ र १ वर्षमाथिको पनि १० दशमलव ७५ प्रतिशत संस्थागत मुद्दतितर्फ पनि व्यक्तिगतको झै ब्याजदर घोषणा गरेको छ।

प्रोग्रेसिभ फाइनान्स

व्यक्तिगत मुद्दतितर्फ ३ देखि ६ महिनेसम्म १० दशमलव २५ प्रतिशत ६ महिनादेखि ३ वर्षेसम्म १० दशमलव ५० प्रतिशत संस्थागततर्फ ३ महिनेदेखि ६ महिनासम्म १० र ६ महिनेदेखि ३ वर्षेसम्म १० दशमलव ५० प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ। व्यक्तिगततर्फ ३ महिनादेखि ६ महिनासम्म अवधिको लागि ६ प्रतिशत र ६ महिना भन्दा बढी अवधिको लागि ८ दशमलव ०१ प्रतिशत ब्याजदर तोकेको बैंकले सूचना मार्फत जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*