ग्लोबल आइएमई बैंकको एकैदिन तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा

१ कार्तिक २०७८, सोमबार ०७:१०

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन तीन नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।

बैंकले इलाम जिल्लाको देउमाई नगरपालिका वडा नं. ७, पञ्चमी बजार, पाल्पा जिल्लाको रैनादेवी छहरा गाँउपालिका वडा नं. २, सरदेवा र मोरङ जिल्लाको कटहरी गाँउपालिका वडा नं. ४, नयाँबजारमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

पञ्चमी बजारमा खोलिएको सेवाको लागि उमाकान्त खनाल, सरदेवामा खोलिएको सेवाको लागि बिमला टण्डन र नयाँबजारमा खोलिएको सेवाको लागि दिपेन्द्र कुमार सर्दारलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*