नेपाल बङ्गलादेश बैंकमा बचत खाता खोलेका दिनेश श्रेष्ठका परिवारले पाए बीमा दाबी भुक्तानी

१ कार्तिक २०७८, सोमबार ०७:०६

काठमाडौं । नेपाल बङ्गलादेश बैकले बचत खाता खोल्ने ग्राहकहरूको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम भुक्तानी गरेको छ। बैंकले सवाग्राही स्व. दिनेश श्रेष्ठका बुवा कालिदास श्रेष्ठलाई १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

स्व. दिनेश श्रेष्ठले नेपाल बङ्गलादेश बैङ्क, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए । उक्त १ लाखको चेक नेपाल बङ्गलादेश बैङ्क, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले राखेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*