यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१ कार्तिक २०७८, सोमबार १५:२५

काठमाडौं । आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज एनआईसी एशिया डिभेञ्चरको शेयर २ प्रतिशतले वृद्धि भएको छ भने महालक्ष्मी विकास बैंकको शेयर १ दशमललव ९९ प्रतिशतले वृद्धि भएको छ। एनआईसी एशिया सेलेक्ट फण्ड, साल्ट टेड्रिङ, सानिमा इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

त्यस्तै, घलेम्दी हाईड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, युनाईटेड मोदी हाईड्रोपावरको शेयर ७ दशमलव ६९ प्रतिशतले घटेको छ भने कालिका पावरका लगानीकर्ताले ७ दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*