घलेम्दी हाईड्रोपावर सहित यी कम्पनीका लगानीकर्ताले गुमाए
१ कार्तिक २०७८, सोमबार १५:४५

काठमाडौं । आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज घलेम्दी हाईड्रोपावरको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, युनाईटेड मोदी हाईड्रोपावरको शेयर ७ दशमलव ६९ प्रतिशतले घटेको छ भने कालिका पावरका लगानीकर्ताले ७ दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।