प्रधानमन्त्री देउवा बेलायत भ्रमणमा जाँदै, मन्त्रिपरिषदले गर्यो निर्णय

१ कार्तिक २०७८, सोमबार २३:४०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कार्तिकको तेस्रो साता बेलायत जाने भएका छन् । सो सम्बन्धमा आज बसेको मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको छ ।

प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेश उड्न लागेका हुन् । प्रम देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा भाग लिन बेलायतस्थित स्कटल्याण्ड जाने भएका हुन् । ग्रेट ब्रिटेन अन्तरगत स्कटल्याण्डको सिटि ग्लास्ग्वोमा हुने राष्ट्र संघीय कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ग्लास्ग्वोमा हुने जलवायु परिर्वतनसम्बन्धी वल्र्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । सो समिट नोभेम्बर १–२ मा बेलायतस्थित स्टकल्याण्डको ग्लास्ग्वोमा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*