एक घण्टामा ६६ अंकले घट्यो नेप्से, लगानीकर्ताहरु निराश

२ कार्तिक २०७८, मंगलवार १२:१७

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा विहानैदेखि पहिरो गएको छ । प्रि सेसनमा सामान्य अंकले सुधार देखिएको नेप्से कारोबार सुरु भएदेखि नै लगातार ओरालो लागेको छ ।

कारोबार सुरु भएको ६५ मिनेटमा समग्र मूल्य परिसूचक ६६ अंकले घटेको छ । उच्च अंकले नेप्से घटेर नेप्से परिसूचक २५२१.६० बिन्दुमा झरेको छ । नेप्सेमा उच्च अंकले शेयर मूल्य घटेपछि लगानीकर्ताहरु निराश बनेका छन् । पहिलो एक घण्टामा ९० करोडको कारोबार भएको छ । यसबाट लगानीकर्ताहरु शेयर बिक्री गर्न हतारिएको देखिएको छ ।

बैंकहरुले ब्याजदर दोहोरो अंकमा पुग्ने गरी बृद्धि भएपछि शेयर मूल्यमा उच्च अंकले गिरावट आएको हो । शेयर बजारमा भद्रगोल हुन नदिन एउटै व्यक्तिले १२ करोड भन्दा बढि ऋण लिन नपाउने व्यवस्था गरेपछि शेयर बजार करेक्सन हुने क्रममा छ ।

पुँजि बजारमा शेयर खरिदकर्ता र बिक्रीकर्ता बीचको आपसी मोलमोलाईमा शेयरको मूल्य निर्धारण हुने गर्दछ । तर, नेपालको शेयर बजारमा स्वतन्त्र रुपमा मूल्य निर्धारण गर्ने वातावरण नहुँदा माफियाहरुले शेयरको मूल्य कुनै कारण बिना नै अत्याधिक बढाउने र घटाउने गरेर फाइदा लिने गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*