माहुली लघुवित्तसहित आज यी कम्पनीका लगानीकर्ता कमाए सर्वाधिक

२ कार्तिक २०७८, मंगलवार १५:२५

काठमाडौं । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ९४ लाख ७४ हजार २ सय ४३ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
दशैबिदा पश्चात् खोलिएको शेयर बजारमा भने कुनै पनि सूचीकृत कम्पनीहरुले सकारात्मक सर्किट लेभलमा भने कारोबार गर्न सकेका छैनन् । माहुली लघुवित्तका लगानीकर्ताले आज ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् भने मानुषी लघुवित्तका लगानीकर्ताले ४ दशमलव ०१ प्रतिशतका दरले कमाएका छ्न् ।

त्यस्तै, माउन्टेन इनर्जी, मेरो माईक्रोफाइनान्स, एनएमबि ५०, कालिका माईक्रो क्रेडिट, एनआईबिएल समृद्धि फन्ड२, मिथिला लघुवित्त, एनआईबिएल समृद्धि फन्ड १ र बोर्टलर्स तराई नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*