९ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुन बैंकको कति ?

३ कार्तिक २०७८, बुधबार १७:३८

काठमाडौं । हालसम्म ९ वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको मुनाफाबाट बैंकहरुले शेयरधनीलाई दिने लाभांश घोषणा गरेका हुन् । कम्पनीहरुले लगानीकर्तालाई नगद र शेयर बोनस गरी दुई किसिमका लाभांश दिने गर्छन् ।

सभाबाट पारित भइसकेपछि मात्रै लगानीकर्ताले नगद लाभांश आफ्नो बैंक खातामा र सेयर बोनस डिम्याट खातामा पाउने छन् । सेयर बोनसले लगानीकर्ताको सेयर संख्या थपिन्छ । ‘बुक क्लोज’भन्दा अघिल्लो दिनसम्म सेयर खरिद वा होल्ड गरेकालाई लाभांश दिइन्छ । हालसम्म घोषित लाभांशअनुसार हिमालयन बैंकले सबैभन्दा धेरै कुल २६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

केही बैंकले बुक क्लोजको मिति घोषणा गरी साधारणसभा आह्वान गरिसकेका छन् । कुमारी बैंकले कात्तिक १६ गते साधारणसभा बोलाएको छ भने ८ गते बुक क्लोजको मिति तोकेको छ । त्यस्तै सिटिजन्स बैंकको पनि १६ गते नै साधारणसभा बस्नेछ । सो बैंकको भने मूल्य समायोजन भइसकेको छ । अर्थात अब सेयर किन्नेले सो बैंकको लाभांश यो वर्ष पाउँदैनन् ।

सानिमाको १४ गते साधरणसभा बस्नेछ, ७ गते बुक क्लोजको मिति तोकेको छ । माछापुच्छ्रेको २६ गते साधारणसभा बस्नेछ भने ७ गते नै बुक क्लोजको मिति निधारर्ण गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*