सिद्धार्थ बैंकले ल्यायो अनलाइनमार्फत मुद्दती खाता खोल्न सुविधा

३ कार्तिक २०७८, बुधबार १८:२७

काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दति खाता खोल्नका लागि आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

ग्राहकहरुले उक्त मुद्दति निक्षेप खातामा बैंकले प्रदान गर्दै आएका आकर्षक ब्याजदरहरुको फाइदा लिन सक्ने बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*