सामलिङ्ग पावर कम्पनीको आइपीओ आजदेखि बिक्रि खुल्ला

४ कार्तिक २०७८, बिहीबार ११:०२

काठमाडौं । आजदेखि सामलिङ्ग पावर कम्पनीले साधारण सेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँको दरले ७ करोड ३० लाख रुपैयाँको ७ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।

जसमा १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आइपीओमा न्यूनतम १० कित्तादेखी अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ । आइपीओमा ८ कात्तिकसम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*