सिटिजन्स बैंकका ग्राहक एवं कर्मचारीले आगन्तुक रिसोर्टमा विशेष छुट पाउने

४ कार्तिक २०७८, बिहीबार ११:२६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले मोबाइल बैंकिङ ग्राहक, डेबिटरक्रडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धी सम्झौता गरेको छ।यसै बिषयमा सिटिजन्स बैंक इन्टरनेशनलर बनेपा काभ्रेस्थित आगन्तुक रिसोर्ट प्रालिबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि बैंकका मोबाइल बैंकिङ ग्राहक, डेबिटरक्रडिट कार्डवाहक एवं कर्मचारीले आगन्तुक रिसोर्टका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकका लागिसमेत घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले बताएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*