बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन

रिना खत्री
४ कार्तिक २०७८, बिहीबार १३:२३

सहकारीको जागिर छोडेर बीमा पेशामा आवद्ध भएका गोविन्द जोशी एक सफल अभिकर्ताहरु हुन् । अध्ययनको सिलसिलामा १४ वर्षकै उमेरमा काठमाडौँ प्रवेश जोशी हाल आईएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् । सिटिजन लाइफमा तीन बर्ष सिनियर एजेन्सी म्यानेनजरको रुपमा अनुभव बटुलेका जोशी एक बर्षदेखि आइएमई लाइफमा चिर्फ एजेन्सी म्यानेजरको रुपमा कार्यरत छन् ।

सानैदेखि बैंकिङ क्षेत्रमा जागिर खाने लक्ष्य बोकेका जोशी बैंकिङ क्षेत्रको साटो बीमा क्षेत्रमा प्रवेश गरे । बीमा अभिकर्ता पेशामा जोडिनु पूर्व उनी एक सहकारी संस्थामा कार्यरत थिए । जोशी यस पेशाप्रति सन्तुष्ट रहेको बताउँछन् ।

बीमा अभिकर्ता पेशामा आवद्ध भएको त्यो दिन सम्झदै जोशी भन्छन्, दिदीको बीमा नविकरण गर्ने क्रममा जोशी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखा कार्यालयमा पुगेको थिए । यसै क्रममा उनले बीमा अधिकर्ताका लागि चाहिने योग्यता र विस्तृत जानकरी लिएर बीमा अभिकर्ता बनेका थिए । दिदीको बीमा नविकरण गराउने काम उनको लागि जीवनको नयाँ गोरेटे कोर्ने घुम्ती बन्न पुग्यो । जसले जीवनको नयाँ गन्तव्यको बाटो खोलिदिएको धारणा व्यक्त गर्दछन् । सायद मेरो जीवनको नयाँ गन्तव्यको आयाम नै हो दिदिको बीमा नविकरण गराउनु थियो ।

त्यसपश्चात् जोशीले सहकारीको १० देखि ५ बजेसम्मको जागिरलाई बिर्सिएर + २ मा अध्ययन गर्दै गर्दा यस पेशामाा प्रवेश गरे । यो एउटा अवसर र चुनौती दुबै थियो । जोशीको लागि, उनी आज पनि सम्झन्छन् अभिकर्ताको लाइसेन्स पाएपपछिको दिन ।अभिकर्ताको लाइसेन्स पाएपछि जोशीले पहिलो बीमा पोलिसी आफ्नै भिनाजुको नाममा जारी गराउन सफल भएँ । यसले उनलाई हौसला दियो । अझै अघि बढ्ने निधो गरेँ, उनले भने ।

त्यसपछि पनि उनले बीमा गराउन आफन्त खोज्ने क्रम रोकिएन । धेरैलाई बुझाउन नसक्दा आफन्त भए सजिलो हुन्छ भन्ने मान्यताले शायद काम गरेको थियो । सुरुवाती दिन सम्झदै जोशी भन्दछन्, ‘म आफैले बीमा राम्रोसँग नबुझिकनै आफन्तको बीमा गराए । किनकि म बीमा कम्पनीले अभिकर्ताहरुलाई दिने तालिममा सहभागी भएकै थिईन ।’ तालिमबिनै बीमा क्षेत्रमा प्रवेश गर्नु मेरो लागि थप चुनौतीको बिषय थियो । भनिन्छ नि, पढेर भन्दा भोगेरे कैयौं गुणा अनुभव बटुल्न सकिन्छ । जोशीले अनुभवद्वारा सिक्दै, खारिदै अघि बढे र अहिले सबैको आँखामा परेका बीमा व्यवसायी बन्न सफल भइसकेका छन् ।

एशियन लाइफमै रहँदा नै जोशी अब बीमा क्षेत्रको बारेमा बुझ्न जान्ने भइसकेका थिए । बीमा बजारका बारेमा बुझ्न थाले । यही क्रममा नेपाल लाइफ इन्स्योरेन्समा जोडिन पुगे । बीमा बारे बुझदै कामलाई निरन्तरता दिँदै अघि बढीरहेका जोशीले आफूले काम गर्ने सहकारी संस्थाका सञ्चालक नै सिटिजन लाइफ इन्स्योरेन्सको प्रमोटर शेयर होल्डरहरु रहेको थाहा पाएपछि सिटिजन्स लाइफमा आफनो यात्रा अगाडि बढाएका थिए ।

‘सिक्दै र बुझदै बीमा गराउने क्रममा म अभिकर्ताको पेशामा भने सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भएपछि मात्र पूर्ण रुपमा लागे’ जोशी आफ्नो अनुभव बीमापोष्ट समक्ष सुनाए , ‘त्यसअघि मैले जति बीमा गरे, जानी नजानी गरे ।’
हाल आइएमई लाइफको यात्रामा अझ मैले धेरै राम्रो कुरा सिक्ने मौका पाएको बताउँने जोशीले राम्रो टिम र तालिमको कारणले अझै आफूलाई निखार्दै लगिरहेको महसुस हुन्छ, जोशी भन्छन्, ‘बीमा व्यवसायको समृद्धि र दीगो विकासको लागि पर्याप्त तालिम र राम्रो टिम आवश्यक पर्दछ ।’

‘बीमा अभिकर्ताको रुपमा आए मैले काम गर्ने सहकारीमा एक महिनामा काम गरेर पाउने तलव बराबरको रकम मैले बीमा क्षेत्रमा आम्दानी गरेर कर नै तिरे त्यो पनि एक महिना मै’ जोशी भन्छन् । कम्पनीका सिईओ कवि फुयाँल र मलाई बीमा क्षेत्रमा फुल टाईमरको रुपमा इन्टी गराउने प्रदेश ३ को प्रमुख राजेन्द« प्रसाद पन्तको उत्साहका साथ काम गर्ने शैलीले नै म आइएमई जनरल इन्स्योरेन्समा आवद्ध छु ।

 

बीमा अभिकर्ता आफ्नो व्यापार नै हो, कसैको अण्डरमा बस्नुनपर्ने, आफ्नो आवश्यकता अनुसारको आम्दानी गर्न सकिने भएकाले गर्दा पनि आफु काम गरिरहेको सहकारीको जागिर छोडर अब जोशी पूर्णकालिन बीमा अभिकर्ता बने । उनले बीमा व्यवसायमा समुहगत छलफल र अन्तरक्रियाले ठूलो फाइदा हुने बताउँछन् ।

बीमा अभिकर्ता र सहकारीको जागिरलाई तुलना बाल्टिनको पानी र समुन्द्रको पानीको रुपमा तुलना गर्छन्, जोशी । उदारण का लागि जागिरलाई बाल्टिनको पानी र अभिकर्ता पेशालाई समुन्द्रको पानीसँग दाज्दै जोशीले भने, ‘जागिर भनेको एउटा बाल्टिन हो, किनकि जति नै राम्रो काम गरे पनि त्यहि बाल्टिन भरिको मात्र पानी लिन सक्छौँ । तर समुन्द्रबाट त चाहे जति पानी निकाल्न सक्छौ, आफ्नो व्यापार बढाएर ।’
बजारमा बीमा व्यवसायमा बीमा दाबी भुक्तानीको बाटोलाई थप सहजीकरण गरिदिनुपर्छ । जसमा नियामक निकायको शसक्त रुपमा ध्यान जानु जरुरी रहेको छ । त्यस्तै पछिल्लो समय कोरोना बीमा दाबी भुक्तानीको ढिलाईको कारण जीवन बीमा क्षेत्रमा पनि प्रत्यक्ष असर परिरहेको हुँदा यस बिषयमा बेलैमा ध्यान पुराउन बीमा समितिलाई आग्रह गर्दछु, जोशीले बीमाको दीगो विकासबारे सुझाव दिन्छन् ।
बजारमा देखिएका केही गलत अभ्यासका कारण भने बीमा अभिकर्ता पेशामा चुनौतीहरु देखा परेको बताउने जोशी भन्छन्, ‘लाइसेन्स वितरण व्यवस्थित रुपमा नगरिनु, तालिममा सहभागी नभए पनि अभिकर्ताको लाइसेन्स दिनु जस्ता चुनौतीहरु बीमा व्यवसायमा देखा परेको छ । यस्तो खालको विकृतिलाई नियामक निकायहरुले हेर्नुपर्छ ।’

जोशी भन्छन्, ‘हरेक ग्राहक माँझ बीमा प्रस्ताव लिएर जाँदा तपाईहरुलाई मेरो बीमा मार्फत कमिशन आउने रहेछ मलाई कत्ति छोड्नु हुन्छ भन्ने प्रश्न गरेरै हैरान पार्छन ।’ यस्तो अवस्थामा भने अभिकर्ता स्वयम् चनाखो हुनुपर्ने कुरामा उनको धारणा छ । अभिकर्ता पेशा नितान्त आर्थिक रुपमा सबल हुने र सामाजिक सेवाको पेशा हो । बीमा अभिकर्ता बीमा कम्पनी र बीमितहरुको बीचमा पुलको रुपमा रहेर काम गर्ने सम्मानित पेशा हो ।

हरेक अभिकर्ताले बीमितको बीमा अवधिभर साथ दिनुपर्छ । प्रिमियम तिर्ने अवधि लगायतका कुराहरुमा बीमितलाई सजग गराउनु जुनसुकै अभिकर्ताको जिम्मेवारी रहेको धारणा राख्ने जोशी भन्दछन्, ‘बीमितको बीमा पोलिसि अवधिभरि सेवा दिनु अभिकर्ताको कर्तव्य हो । ’

नव आगन्तुक बीमा अभिकर्ताहरुलाई बीमाको दीगो विकासमा ध्यान दिन आग्रह गर्दै जोशी भन्छन्, ‘नयाँ बीमा अभिकर्तालाई जीवनमा तरकीपूर्ण काम निष्ठापूर्वक गर्न मन छ भने जीवन बीमा अभिकर्ता पेशामा आउन आग्रह गर्दछु ।’ समूह र टिमलाई छनोट गर्ने तपाईको जिम्मेवारी हो । बीमितलाई पनि म के भन्न चाहान्छु भने कुन कम्पनी,कुन एजेण्ट छनौट गर्न जान्नुपर्छ । दक्ष अभिकर्तालाई छनोट गरेर बीमा गराँउन बीमितहरुलाई समेत आग्रह गर्दछु ।

बीमा समितिले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नको लागि कम्पनीहरुलाई राम्रोसँग अनुगमन गर्नुपर्ने उनको धारणा छ । अभिकर्ताको लाइसेन्स लिनको लागि तोकिएको शैक्षिक योग्यतामा पनि नियामक निकायले हेरफरे गर्नुपर्ने कुरामा जोशीले जोड दिए । बीमा क्षेत्रको दक्ष जनशक्ति भनेको बीमा अभिकर्ता नै हुन् । त्यसैले अभिकर्ताहरुलाई क्षमता अभिबृद्धि हुने खालका तालिम दिनु पर्छ, उनले थपे । २०७३ सालदेखि बीमा अभिकर्ता पेशामा आवद्ध रहँदै आएका जोशीले आगामी दिनमा पनि यही क्षेत्रमा नै बिताउने बताए ।

One thought on “बीमा क्षेत्रमा भविष्यको रेखा कोर्दै गरेका जोशीको निष्कर्षः राम्रो टिम र तालिम नभई बीमामा प्रगति गर्न सकिदैन

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*