ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल आइएमई हाइब्रिड बचत खाता, यस्ता छन् सुविधाहरु

५ कार्तिक २०७८, शुक्रबार २१:०६

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता संचालनमा ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो ।

बैंकले ल्याएको नयाँ हाइब्रिड बचत खातामा १ लाख रुपैयाँ बचत पुगेपछि उक्त बचत स्वतः मुद्दतिमा परिणत हुने सुविधा रहेको छ । यस बचत खाताको समयावधी ग्राहकको इच्छा अनुसार १ वर्षदेखि ५ वर्षसम्मको रहनेछ भने मुद्दतिमा परिणत भएको रकमको बैंकले मुद्दति खातामा प्रकाशित गरेको उच्चतम ब्याजदर कायम हुनेछ ।

यसका साथसाथै, नयाँ हाइब्रिड बचत खातावाल ग्राहकले एक वर्षसम्मको लागि मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा तथा भिजा डेबिट कार्डको सुविधा निशुल्करुपमा प्राप्त गर्नेछन् ।

One thought on “ग्लोबल आइएमई बैंकले ल्यायो ग्लोबल आइएमई हाइब्रिड बचत खाता, यस्ता छन् सुविधाहरु

  1. Ranjan shrestha says:

    Chaheko time ma jhikna pai6 ki paidaina like saving account jasto

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*