दुई कम्पनीले हकप्रद शेयर निष्कासनका लागि माग्यो बोर्डसँग अनुमति

६ कार्तिक २०७८, शनिबार ०७:३६

काठमाडौं । दुई कम्पनीले हकप्रद निष्कासनक लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै आवेदन दिएका छन् । बोर्डमा अपी पावर कम्पनी र नेपाल फाइनान्स लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग्दै आवेदन दिएका हुन्। अपी पावरको गत असोज २५ गते र नेपाल फाइनान्सले गत कात्तिक १ गते आवेदन दिएका हुन्।

अपी पावरले १ः०।३९३६ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा अपी पावरले १०० प्रतिशत अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ। कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यसैगरी नेपाल फाइनान्सले १ः०।७० को अनुपातमा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। अनुमति पाएमा नेपाल फाइनान्सले १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ५४ हजार ४७४।२८ कित्ता हकप्रद जारी गर्नेछ। फाइनान्सको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*