कात्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सिभिल लघुवित्तको २०% लाभांश पाउने

५ कार्तिक २०७८, शुक्रबार १३:०९

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण्ण सभा प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ ।

कम्पनीले १० औं वार्षिक साधारण सभा प्रयोजनका लागि शेयर दाखिला खारेज (बुकक्लोज) कात्तिक १४ गते गर्ने भएको छ । जसअनुसार कात्तिक १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीको कात्तिक ४ गते बिहिबार बसेको संचालक समितिको १८१ औं बैठकले सभा कात्तिक २८ गते आइतबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बस्ने निर्णय गरेको छ । सो सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनको लागि गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*