गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार अन्तिम दिन

५ कार्तिक २०७८, शुक्रबार १४:०७

काठमाडौं । गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार अन्तिम दिन रहेको छ । प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २२ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा न्यू अञ्जली होटल धनकुटा नगरपालिका ७ मा बिहान ११ डाकेको छ ।

लघुवित्तले सभा प्रयोजनका लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ८ गतेदेखि २२ गतेसम्म बन्द गर्ने भएसँगै कात्तिक ७ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ दशमलव ९० प्रतिशत बोनस शेयर र शून्य दशमलव ८८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*