बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित स्वरोजगार लघुवित्तले बोलायो कात्तिक २७ गते साधारणसभा

६ कार्तिक २०७८, शनिबार २०:४९

काठमाडौं । स्वरोजगार लघुवित्तले कात्तिक २७ मा १३औँ वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले गत आर्थिक वर्षको फाइदाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ । साधारणसभा तथा लाभांश वितरणका लागि लघुवित्तले १२ देखि २७ कात्तिकसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार ११ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

सभामा बोनस सेयर प्रस्ताव पारित हुनेछ । अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीनजना सञ्चालकहरूको निर्वाचन गर्नेलगायतका एजेन्डा छन्

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*