कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन

५ कार्तिक २०७८, शुक्रबार १५:४०

काठमाडौं । कुमारी बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक ८ गते बुकक्लोज गर्ने भएसँगै कात्तिक ७ गते आइतबारसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर र २.६७% नगद लाभांश करसहित गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सोही प्रतिशत लाभांश प्रस्ताव पारित गर्न कम्पनीले आगामी १६ गते बिहान ११ः३० बजे कम्पनीको नक्सालस्थित कार्यालयमा साधारण सभा आह्वान गरेको छ ।

साथै सभाले आर्थिक वर्ष २०७७।०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आव २०७८।०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र जिनको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*