सानिमा बैंकको थप २ नयाँ शाखा कार्यालय बिस्तार

५ कार्तिक २०७८, शुक्रबार १६:०४

काठमाडौं । सानिमा बैंकले थप २ नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले काठमाडौंको चपली र भक्तपूरको बालकोटमा शाखा कार्यालयको शुुभारम्भ गरेको हो ।

चपली शाखाको उद्घाटन बैंकका अध्यक्ष बिनयकुमार श्रेष्ठ बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ का अध्यक्ष बसबहादुर महर्जनले संयूक्त रुपमा गरेको हो । त्यस्तै, बालकोट शाखाको उद्घाटन सूूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमल नाथ आचार्यले गरेका हुन् ।

बिस्तार गरेको शाखा कार्यालयबाट बैंकले दिदै आइरहेको सम्पूर्ण बैंक सेवा सुविधा प्रदान गर्न बैंकले जनाएको छ । हाल देशभर बैंकले ११६ शाखा कार्यालय र ९७ एटिएम बाट आफ्ना ग्राहकहरुलाई निरन्तर बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*