शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

७ कार्तिक २०७८, आईतवार ११:५८

काठमाडौं । शिवम् सिमेन्टको लाभांश सुरक्षित गर्ने आज (कात्तिक ७ गते) अन्तिम दिन रहेको छ ।

कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलार्ई हाल कायम चुक्तापूँजीको २९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार कात्तिक ७ गते सम्म कायम शेयरधनीले मात्र लाभांश प्राप्त र सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले कात्तिक १६ गते होटल सोल्टी काठमाडौंमा बिहान १० बजे छैठौ बार्षिक साधारण सभा बोलाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*