सपोर्ट लघुवित्तको संचालकमा भूपाल मिश्र नियुक्त

७ कार्तिक २०७८, आईतवार १२:०४

काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीतर्फ रिक्त रहेको १ संचालक पदमा भूपाल मिश्रलाई नियुक्त गरेको हो ।

कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको १६८ औं बैठकको निर्णयअनुसार संस्थाको उक्त रिक्त पदमा स्थायी ठेगाना मोरङ्ग जिल्ला, रतुमाई नगरपालिका, वडा नंं ६ (हाल विराटनगर महानगरपालिका, वडा नं. ११) बसोबास गर्ने मिश्रलाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*