१६ प्रतिशत लाभांश पारितका लागि मेगा क्यापिटलले डाक्यो साधारण सभा

७ कार्तिक २०७८, आईतवार १२:१२

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले चौेथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा कात्तिक २६ गते काठमाडौं जिल्लाको त्रिपुरेश्वरको सांकेत कम्प्लेक्समा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो ।

उक्त सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, गत आर्थिक बर्षको लागि लेखापरिक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*