सांग्रिला डेभलपमेण्ट बैंकको १९ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्रीमा

७ कार्तिक २०७८, आईतवार १४:३५

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १९ हजार ८२७ कित्ता संस्थापक शेयर बिक्री गर्ने लागेको हो ।

बैंकका संस्थापक शेयरधनी शंकर ज्ञवालीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन दिन सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*