नेपाल लघुवित्त बैंकर्स संघको साधारण सभा सम्पन्न, अध्यक्षमा प्रकाशराज शर्मा नियुक्त

७ कार्तिक २०७८, आईतवार १४:५९

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको १५ औं साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले संघको अध्यक्षमा प्रकाशराज शर्मालाई निर्विरोध मनोनयन गरेको छ ।

सो सभा कात्तिक ५ गते शुक्रबार होटल क्राउन इम्पेरियल, रविभवन, काठमाडौंमा सम्पन्न भएको हो । साथै सो सभाले अध्यक्ष शर्मा सहित ११ जनाको नयाँ कार्य समितिलाई समेत निर्विरोध निर्वाचित गरेको छ ।

त्यस्तै, सभाले उपाध्यक्षमा मिन बहादुर बोहरा, महासचिवमा रामबहादुर यादव, कोषाध्यक्षमा प्रेम बहादुर पाठक र सचिवमा केशव कुमार पौडेल सहित ६ सदस्य चयन गरेको छ ।

सो सभाको उद्घाटन प्रमुख अतिथिको रुपमा रहेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले गरेका हुन् । साथै उक्त सभामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल, नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोज काजी तुलाधार, नेपाल लघुवित्त संघका अध्यक्ष जगत बहादुर पोखरेलको सहभागीता रहेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*