२ कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज कसले कमाए गुमाए ?

७ कार्तिक २०७८, आईतवार १५:१७

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज २७.५१ अकंले बढ्दा साढे २ अर्ब माथिको कारोबार भएको छ ।

आज बेष्ट फाइनान्स कम्पनी र रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै रिलाइबल फाइनान्सको ८.९० प्रतिशत अकं, बरुण हाईड्रोपावरको ८.५४ प्रतिशत अकं र यूनाइटेड मोदी हाईड्रोपावरको ८.५४ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै, आइतबार मेरो माइक्रोफाइनान्सको नकारात्मक सर्किट लागेको छ । साथै अन्य गुमाउने कम्पनीहरुमा सानिमा बैंकको ३.७८ प्रतिशत अकं, रुरु जलविद्युत प्रयोजनाको २.३७ प्रतिशत अकं, कर्णाली डेभलपमेण्ट बैंकको २.२६ प्रतिशत अकं र आरबिबि म्युचुअल फण्डको २.०२ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*