मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ संचालनमा, यस्ता छन् सुविधा

७ कार्तिक २०७८, आईतवार १७:४१

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ संचालनमा ल्याएको छ । जस अन्तर्गत बैंकका ग्राहकहरुले १० लाखको दुर्घटना, मुत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन हुने बचत खातामध्ये कै सर्वाधिक ब्याजदर प्रदान गर्ने खाता संचालनमा ल्याएको हो ।

ग्राहकहरुले अब मात्र १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै मुक्तिनाथ बैंकको उत्कृष्ट बचत खाता खोल्ने सक्नेछन् । अब बैंकका ग्राहकहरुले उक्त खाता अन्र्तगत वार्षिक सर्वाधिक ब्याजदर ५.५० को दरले मासिक ब्याज भुक्तानी प्रदान गरिने छ । त्यस्तै, खाता संचालन गरेको पछिल्लो बर्षका लागि निःशुल्क भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ सुविधा पाउनेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएमबाट निःशुल्क रकम झिक्न सकिने ब्यवस्था गरेको छ ।

त्यस्तै, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईृन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा र मिस्डकल बैंकिङ सेवाहरु बैंकको शाखा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपभोग गर्न सकिने बैंकले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*