सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु कारोबार गर्न सकिने

८ कार्तिक २०७८, सोमबार ०८:५६

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने सिद्धार्थ व्यवस्थित लगानी योजनाका इकाइहरु आजबाट कारोबार गर्न सकिने भएको छ। आज एक सूचना जारी गर्दै क्यापिटलले यस्तो जानकारी दिएको हो ।
काठमाण्डौको नक्सालस्थित नारायणचौरमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयबाट उक्त योजनाका इकाइहरु खरीदरबिक्री गर्न सकिने सूचनामा उल्लेख छ। क्यापिटलका अनुसार साताको आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म इकाइ कारोबार गर्नका लागि काउन्टर खुला रहनेछ। साताको शुक्रबार र शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन भने कारोबार बन्द रहने क्यापिटलले जनाएको छ।

यस योजनाको कोष प्रवर्द्धकका रुपमा सिद्धार्थ बैंक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*