राष्ट्र बैंकद्धारा पाँच फाइनान्सलाई कारवाही, कुनलाई कति जरिवाना ? (सूचीसहित)

७ कार्तिक २०७८, आईतवार १९:०८

नेपाल राष्ट्र बैंकले पाँच फाइनान्सलाई कारवाही गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई गैर स्थलगत सुपरिवेक्षणको क्रममा पाँच फाइनान्सलाई कारवाही गरेको हो ।

राष्ट्र बैंकले अनिवार्य मौज्दात कायम नगरेको, विपन्न वर्ग कर्जा पर्याप्त प्रवाह नगरको, प्राथमिकता प्राप्त कर्जा पर्याप्त प्रवाह नगरेको र सिसिडि अनुपात कायम नगरेकोले कम्पनीहरुलाई कारवाही गरेको हो ।
जस अनुसार राष्ट्र बैंकले सम्वृद्धि फाइनान्सलाई अनिवार्य मौज्दात कायम नगरेकोले १ सय ३८ रुपैयाँ, गुडविल फाइनान्सलाई अनिवार्य मौज्दात कायम नगरेकोले २८ सय ७ रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै ललितपुर फाइनान्सलाई दोस्रो त्रैमासमा सिसिडि कायम नगरेकोले ६४ हजार ५ सय ७२ रुपैयाँ जरिवाना गरेको छ ।

राष्ट्र बैंकले विपन्न वर्गको कर्जा पर्याप्त प्रवाह नगरेकोमा ललितपुर फाइनान्सलाई ७ लाख ११ हजार (प्रथम त्रैमास), सिटि एक्सप्रेस फाइनान्सलाई २ लाख ५९ हजार , ललितपुर फाइनान्सलाई ६ लाख ६७ हजार (दोस्रो त्रैमास) , जानकी फाइनान्सलाई ३१ लाख ९२ हजार , र ललितपुर फाइनान्सलाई ६ लाख ७८ हजार जरिवाना लगाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*