सामलिङ्ग पावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

८ कार्तिक २०७८, सोमबार ०८:४०

काठमाडौं । सामलिग्ङ पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ। हिजो बेलुकासम्म कम्पनीको बिक्रि प्रबन्धक नेपाल एसबिआई क्यापिटलले जानकारी दिए बमोजिम ३१ गुण बढीले आवेदन दिईसकेको छ । आईतबारसम्ममा कम्पनीको आइपीओमा कुल ३१.१२ गुणा बढी आवेदन परेको छ ।

कात्तिक ४ गतेबाट कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जस अन्र्तगत ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारण, १४ हजार ६०० कित्ता कर्मचारी र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुटाएको हो । आइपीओमा आवेदन दिने आज साँझ ५ बजेसम्म १७ लाख ५८ हजार ४५० आवेदकबाट कुल २ करोड ११ लाख ३२ हजार ५७० कित्ता सेयर माग भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*