दरमखोला हाइड्रो इनर्जीको बार्षिक साधारण सभा मंसिर ६ गते, यस्ता छन् एजेण्डा

८ कार्तिक २०७८, सोमबार ११:०५

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ६ गते काठमाडौं महानगर पालिका वडा न १० काठमाडौंमा दिउँसो १२ः३० बजे विद्युतिय माध्यमबाट हुने तय भएको हो ।

उक्त सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने संचालक समितिको निर्वाचन गर्न र कम्पनीको नियमावलीको नियम २७ र २८ संशोधन गर्न प्रस्ताव पारित गरिने कम्पनीले जनाएको छ । साथै चालु आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक समेत निर्धारण गर्न प्रस्ताव पारित गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*