तोलामा ३ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैँछ कारोबार ?

८ कार्तिक २०७८, सोमबार ११:२७

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।
त्यस्तै, हिजो प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज भने ५ रुपैयाँले बढेर १ हजार २६५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*