राष्ट्र बैंकद्धारा तीन वटा वाणिज्य बैंकलाई कारवाही, कुनलाई कति जरिवाना ?

८ कार्तिक २०७८, सोमबार १२:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप अनिवार्य नगद मौज्दात/वैधानिक तरलता अनुपात कायम नगरेको भन्दै राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारवाही गरेको हो ।

राष्ट्र बैंकको सुपरिवेक्षण विभागको सुपरिवेक्षण अनुसार नेपाल बंगलादेश बैंक, प्रभु बैंक र हिमालयन बैंकलाई नगद जरिवाना परेको हो । राष्ट्र बैंकका अनुसार नेपाल बंगलादेश बैंकलाई ३० हजार ३ सय २४ रुपैयाँ र प्रभु बैंकलाई २५ हजार ६ सय ९५ रुपैयाँ जरिवाना गरिएको हो। त्यस्तै हिमालयन बैंक २ पटक कारवाहीमा परेको छ । राष्ट्र बैंकले हिमालयन बैंकलाई पहिलो पटक १७ हजार १ सय २२ रुपैयाँ र दोस्रो पटक १२ हजार ८ सय ९९ रुपैयाँ नगद जरिवाना गरेको हो ।

त्यस्तै, राष्ट्र बैंकले विभिन्न फाइनान्स कम्पनीहरुलाई पनि कारवाही गरेको छ। ५ वटा फाइनान्स कम्पनीलाई कारवाही गरेको हो ।/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*