भोलिसम्म्म कायम शेयरधनीले मात्र कामना सेवा विकास बैंकको लाभांश पाउने

८ कार्तिक २०७८, सोमबार १२:३०

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुकक्लोज गर्ने भएसँगै भोलि (कात्तिक ९) गतेसम्म नेप्सेमा कायम शेयधनीले मात्र प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १८.५० प्रतिशत बोनस शेयर र शुन्य दशमलव १७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न लागेको हो ।

सोही प्रतिशत लाभांश वितरणका लागि कम्पनीले आगामी कात्तिक २३ गते बिहान १० बजे पार्क भिलेज रिर्सोट, बुढानिलकण्ठमा आह्वान गरेको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*