कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

९ कार्तिक २०७८, मंगलवार ०८:४४

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश प्रयोजन र साधारण सभा प्रयोजनका लागि कात्तिक १० गते बुकक्लोज गर्ने भएसँगै भोलि (कात्तिक ९) गतेसम्म नेप्सेमा कायम शेयधनीले मात्र प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १८.५० प्रतिशत बोनस शेयर र शुन्य दशमलव १७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्न लागेको हो ।

सोही प्रतिशत लाभांश वितरणका लागि कम्पनीले आगामी कात्तिक २३ गते बिहान १० बजे पार्क भिलेज रिर्सोट, बुढानिलकण्ठमा आह्वान गरेको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*