नेपाल सेवा र विन लघुवित्तको कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार हुने

८ कार्तिक २०७८, सोमबार १३:२६

काठमाडौं । नेपाल सेवा लघुवित्त र विन लघुवित्तले कात्तिक १५ गतेदेखि एकीकृत रुपमा कारोबार शुुरु गर्ने भएका छन् । दुई लघुवित्तलाई गाभेर विन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

नेपाल सेवा लघुवित्त र विन लघुवित्त वित्तीय संस्था बीच गत वर्षको मंसिर ३० गते मर्जर सम्वन्धि प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीहरुले गत जेठ २४ गतेको साधारण सभाबाट मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

यी दुई कम्पनी बीच १०० बराबर ७५ को अनुपातमा शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जर प्रक्रिया सम्पन्न हुन लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*