बैंक र हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

८ कार्तिक २०७८, सोमबार १५:१०

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा हरियाली छाएको छ । लामो समयपछि आज कारोबार पनि बढ्न पुगेको छ । कारोबार ४ अर्ब भन्दा बढीको हुँदा आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । कम्पनीको एकैदिन १६ करोड २५ लाख २३ हजार ८५९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, अपि पावर कम्पनीको १३ करोड ४५ लाख, सिद्धार्थ बैंकको १३ करोड १३ लाख, नेशनल हाइड्रोपावरको १२ करोड २६ लाख र नबिल बैंक लिमिटेडको ११ करोड ६५ लाख भन्दा माथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*