नेप्से ८७ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, सबै उपसूचकमा छायो हरियाली

८ कार्तिक २०७८, सोमबार १५:२१

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा हरियाली छाएको छ । आज नेप्सेपरिसूचक ८७ दशमलव ६३ अंकले बृद्धि भई २६७२.२५ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । प्रतिशतका आधारमा सर्वाधिक फाइनान्स समूह र हाइड्रोपावर समूहको बढेको छ भने रुपैयाँका आधारमा विकास बैंक समूहको बढेको छ ।

आज कारोबार ४ अर्ब भन्दा बढीको हुँदा आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । कम्पनीको एकैदिन १६ करोड २५ लाख २३ हजार ८५९ रुपैयाँको कारोबार भएको छ । आज २९ वटा कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*