२९ कम्पनीको शेयरमा सकारात्मक सर्किट, फाइनान्स र हाइड्रोपावरकाले कमाउँदा कसले गुमाए ?
८ कार्तिक २०७८, सोमबार १५:२८

काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ८७.६३ अकंले बढ्दा कारोबार पनि ४ अर्ब माथि भएको छ ।
साताको दोस्रो दिन र्गाखाज फाइनान्स, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुहेशोवरी मर्चेन्ट बैंक, मल्टिप्रपोज फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक र दिब्यशोवरी हाईड्रोपावर लगायत २९ कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।
त्यस्तै आज गुमाउने कम्पनीहरुमा सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चरको ४ प्रतिशत अकं, मेरो माईक्रोफाइनान्सको ३.९७ प्रतिशत अकं, यूनिलिभर नेपालको २ प्रतिशत अकं र लक्ष्मी बैंक डिबेञ्चरको १.९१ प्रतिशत अकंले घटेको हो ।