हिमालयन उर्जाको दुई आर्थिक बर्षको साधारण सभा कात्तिक २४ गते

८ कार्तिक २०७८, सोमबार १६:३४

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीले दुई आर्थिक बर्षको वार्षिक साधारण सभाको मिति तय गरेको छ । आर्थिक बर्र्ष २०७६।०७७ र आर्थिक बर्ष २०७७।०७८ को बार्षिक साधारण सभाको मिति तय गरेको हो ।

सभा कात्तिक २४ गते सिद्धार्थ कटेज एण्ड बारको सभाकक्ष तिनकुुुनेमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी तय गरेको हो ।
उक्त सभाले अघिल्लो आर्थिक बर्ष र गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । साथै चालु आर्थिक बर्षका लागि लेखापरीक्षककको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*