एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

८ कार्तिक २०७८, सोमबार १६:४२

काठमाडौं । एनआईसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आईतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ० दशमलव ७८९४७ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ११ अर्ब ५६ करोड ४० लाख रहेको छ ।

र्बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*