फ्रान्सका राजदूत गिलिस र अर्थमन्त्री शर्माबीच शिष्टाचार भेटवार्ता

८ कार्तिक २०७८, सोमबार १७:१७

काठमाडौं ।नेपालका लागि फ्रान्सका राजदूत गिलिस बोरब्याओ ले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेटवार्ता भएको छ ।सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन् ।

लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्नुहुँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत बोरब्याओ लाई आग्रह गरेका थिए ।
कोभिड महामारीको असर कम हुन नपाउदै नेपालमा बमौसमी वर्षाले ठूलो क्षति पुयाएकोले त्यसको पुननिर्माण र क्षतिपूतिको लागि आवश्यक सहयोग जुटाउने सकारात्मक कुराकानी भएको छ । साथै जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिका सम्बन्धमा समेत भेटमा छलफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*