नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन बोर्डको निर्देशन

८ कार्तिक २०७८, सोमबार १७:४८

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नगद लाभांशमा शेयरधनीहरुको बैंक खातामा पठाउँदा स्पष्ट विवरण खुल्ने गरि पठाउन आग्रह गरेको छ ।बोर्डले आज एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो। सूचीकृत कम्पनी आफैँ वा आफ्नो सेयर रजिष्ट्रारमार्फत शे यरधनीको बैंक खातामा नगद लाभांश भुक्तानी गर्दा स्पष्ट रुपमा कम्पनीको नाम, आर्थिक वर्ष, लाभांश दर आदि खुल्ने गरी पठाउन सेबोनले निर्देशन दिएको हो ।

बोर्डले क्लियरिङ हाउसले हालै निधारण गरिएको ढाँचामा अनिवार्य रुपमा सूचित गर्नुपर्ने विषयहरु स्पष्ट रुपमा खुलाई पठाउने व्यवस्था गर्न पनि निर्देशन दिएको छ।
यसअघि सूचीकृत कम्पनीहरुले आफ्ना शेयरधनीहरुलाई प्रदान गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा आफैँ जम्मा गर्दा र आफ्नो सेयर रजिस्ट्रारमार्फत बैंक खातामा जम्मा गराउँदा बैंक स्टेटमेन्टमा उक्त शेयर रजिस्ट्रारको नाममात्र आउने गरेको छ।

बोर्डले कुन कम्पनीको लाभांश,कुन आर्थिक वर्षको कुन दरको लाभांश हो भन्ने स्पष्ट हुन नसकेको र हिसाबकिताब राख्न सहज नभएको लगायतका अन्य गुनासो आएपछि यस्तो निर्देशन दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*