सामलिङ्ग पावरको आइपीओमा कति पर्यो आवेदन ?

८ कार्तिक २०७८, सोमबार १८:२४

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिनसम्म ३९.६७ गुणा बढीले आवेदन दिएको छ ।कात्तिक ४ गतेबाट कात्तिक ८ गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । जस अन्र्तगत ६ लाख ७८ हजार ९०० कित्ता सर्वसाधारण, १४ हजार ६०० कित्ता कर्मचारी र ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुटाएको थियो ।

आज अन्तिम दिन साँझ ५ बजेसम्म २२ लाख ६५ हजार ६९८ आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ता सेयर माग भएको छ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*