वाणिज्य बैंकहरुको २० अर्ब रुपैयाँ बराबरको निक्षेप घट्यो

८ कार्तिक २०७८, सोमबार १८:३९

काठमाडौं । वाणिज्य बैंकहरुको २० अर्ब रुपैयाँ बराबरको निक्षेप घटेको छ । कार्तिक १ गतेदेखि कार्तिक ५ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप २० अर्बले घटेको हो।
नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको असोज ३१ गते बैंकहरुको निक्षेप ४२ खर्ब ६९ अर्ब रहेकोमा कार्तिक ५ गतेसम्म आईपुग्दा बैंकहरुको निक्षेप २० अर्बले घटेर ४२ खर्ब ४९ अर्बमा सिमित भएको छ ।

यस अवधिमा बैंकहरुले थप कर्जा प्रवाह गरेका छैनन् । असोज ३१ गते बैंकहरुको कुल कर्जा प्रवाह ३९ खर्ब ९८ अर्ब रहेकोमा कार्तिक ५ गतेसम्मको कर्जा पनि ३९ खर्ब ९८ अर्ब नै रहेको छ । निक्षेप बढाउँनको लागि बैंकहरुले मुद्दती खाताको ब्याज बढाएर दोहोरो अंकको डिजिट कायम गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*